अस्ताए कलाकार भिमबहादुर थापा



बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । उनको गएराती २ बजे निधन भएको हो । पारिवारिक स्रोतका अनुसार लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित उनको घरमा नै निधन भएको हो ।

९२ वर्षका कलाकार थापाले दर्जनौ चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा अभिनय गरेका छन् । हाँस्य टेलिचलचित्र ‘तीतो सत्य’ मा काम गरेपछि उनको लोकप्रियता थप चुलिएको थियो । उनी कलाकारितामा प्रवेश गर्नु अगाडि नेपाली सेनामा पनि कार्यरत थिए ।


कलाकार थापा, हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाका ‘धर्म बा’ समेत हुन् । भिमबहादुर र दीपाश्रीले ‘देवि’ सिरियलदेखि नै सँगै काम गरेका थिए । आफ्ना ‘धर्म बा’ को निधन भएपछि निर्देशक निरौला आफू निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’ को सुटिङ रोकेर काठमाडौं आउँदैछिन् ।

उनको बुधवार बिहान १० बजे पशुपति आर्यघाटमा दाहासंकार गरिँदैछ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा राखिने तयारी भइरहेको छ । उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu