कलाकार भिमबहादुर थापाको अन्त्येष्टि



गएराती २ बजे मैतिदेवीस्थित आफ्नौ निवासमा अन्तिम स्वास फेरेका बरिष्ठ कलाकार भिमबहादुर थापाको बुधवार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

छोरा अमेरिकामा भएका कारण उनको पार्थिव शरीरमा जेठी छोरीले दागबत्ती दिएकी छन् । उनका २ छोरी र १ छोरा छन् । दर्जनौं चलचित्र, टेलिचलचित्र सँगै रेडियो नाटकमा अभिनय रहेका कलाकार थापाको ९२ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित थिए ।

अन्तिम श्रद्धाञ्जली दिन पुशपति आर्यघाटमा सयौं चलचित्रकर्मीदेखि शुभचिन्तहरुको उपस्थिति थियो । सिताराम कट्टेल, बसुन्धरा भुषाल, नीर शाह, चैत्यदेवी, आकाश अधिकारी, नवल खड्का, सरिता लामिछाने, रामकेशर बोगटी लगायतका चलचित्रकर्मीहरुले आर्यघाट पुगेर कलाकार थापाप्रति श्रद्धाञ्जली अर्पण गरे ।

हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला आफ्ना ‘धर्म बा’ को निधन भएपछि ‘छक्का पञ्जा ३’ को सुटिङ रोकेरै काठमाडौं आएकी छिन् । मैतिदेवीदेखि पशुपति आर्यघाटसम्म कलाकार थापाको पार्थिव शरीर पुर्‍याउँदा दीपाश्रीको आँखा ओभानो थिएन ।

रुँदा-रुँदा थाकेका रसिला आँखाले उनको ‘धर्म बा’ प्रतिको प्रेम दर्शाउँथ्यो । भिमबहादुर र दीपाश्रीले ‘देवि’, ‘तीतो सत्य’ जस्ता सिरियलमा सँगै काम गरेका थिए ।

वि.सं १९८३ साल असार १३ गते खोटाङ जिल्लाको रावा, लामिडाँडामा जन्मिएका कलाकार भिमबहादुर थापा सन् १९४२ मा ब्रिटिस आर्मीमा भर्ना भइ सन् १९४५ को दोश्रो विश्वयुद्ध समेत लडेका थिए । उनको निधनमा नेपाली सेनाले सलामी दिँदै सम्मान प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu