माधव वाग्ले पूर्वक्षका लागि जेल चलान



नक्कली नोट छापेको आरोपमा पक्राउ परेका निर्माता माधव वाग्ले पूर्वक्षका लागि जेल चलान भएका छन् । वाग्लेसँगै सुदीप घिसिङ र महेन्द्र बोगटीलाई पनि जिल्ला अदालत काठमाडौंले जेल चलानको आदेश दिएको छ ।


प्रहरीले गत जेठमा ६ जनालाई दुई करोड ५० लाख नक्कली नोटसहित पक्राउ गरेको थियो । यस्तै, सोही मुद्दामा पक्राउ परेका प्रकाश सुवेदी र विवेक नापित १-१ लाख धरौटीमा छुटेका छन् भने साजन भुलुन साधारण तारिखमा छुटेका छन् ।

वाग्लेले नयाँ चलचित्र ‘चङ्गाचेट’ को प्रायोजनका लागि नक्कली नोट छापेको प्रहरीसमक्ष बयान दिएका थिए । नक्कली नोट कारोबार गरेको खुलेपछि काठमाडौं प्रहरी परिसरले अनुसन्धान अगाडि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu