हङकङमा रहेर सांगीतिक कर्म तथा समाजसेवामा क्रियाशिल गीतकार भद्रकला आङबुहांङ राई मानव सेवामा दत्तचित्त छिन् । समाजसेवालाई मूलकर्म बनाउँदै प्रवासमा कर्म गरिरहेकी उनी कला र संस्कृतिलाई औधी मन पराउँछिन् ।
२०७१ सालमा संगीतकार सुरेश अधिकारीको एकल संगीतमा एक एल्बम लिएर आएकी उनी चाँडै नयाँ एल्बम लिएर आउने तयारीमा छिन् । प्रवासमा अथक प्रयत्न गरेर पैसा जुटाएर नेपालमा परोपकारी काम गर्दै आएकी भद्रकला आर्थिक अभावमा छटपटाई रहेका विरामीहरुको उपचारमा सहयोग गर्ने मुल उद्येश्यमा केन्द्रित रहेर आफ्नो समाजिक सेवा चांगेधर्ति आमा कोषमा आवद्ध रहेकी छन् ।

हरेक वर्ष यसै संस्थाको ब्यानरमा ‘ सुमधुर सांगीतिक सौगात’ नामक कार्यक्रम गर्दै अर्थ संकलन गर्दै तथा व्यक्तिगत केही रकम थपेर असाह तथा गरिबहरुलाई उनले सहयोग गर्दै आएकी छिन् ।
यस वर्ष मात्र उनले बिमला लिम्बुलाई २ लाख १० हजार, पुर्ण गुरुङलाई २ लाख, चन्चला तामाङलाई २० हजार, स्व. मंगलीमाया तामाङलाई १० हजार, रुपेश श्रेष्ठलाई १०हजार र अन्य बिरामीहरुलाई ३० हजार प्रदान गरिन् ।
कार्यक्रमबाट संकलित रकम विरामीहरुलाई संस्थाका प्रतिनिधिहरु र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संगीतकार शम्भुजित बासकोटा र प्राज्ञ तथा संगीत विभाग प्रमुख लोकप्रिय गीतकार उन्नति बोहराको हातबाट प्रदान गरिएको छ ।






