नेपाल आइपुगिन् जूही, पुगिन् बौद्धनाथ स्तुपा



बलिउड अभिनेत्री जूही चावला नेपाल आइपुगेकी छन् । गुपचुप नेपाल भ्रमणमा रहेकी उनले बुधवार आफ्नो आधिकारिक फेसबुक पेजमा काठमाडौंको बौद्धनाथ स्तुपामा खिचिएको एक तश्बिर शेयर गरेकी छन् ।

बौद्ध स्तुपालाई पृष्ठिभूमिमा पारेर उनले आफ्नो एक क्यूट सेल्फी लिएकी छन् । उनले तश्बिरसँगै फेसबुकमा बौद्धनाथ स्तुपाको प्रशंसा गर्न पनि छाडेकी छैनन् । उनी आफू त्यहाँ पुग्दा मन्त्रमुग्ध भएको लेख्छिन् ।


उनी नेपाल आउनुको कारण भने खुलेको छैन । पछिल्लो समय काँचको पर्दाबाट टाढा रहेकी उनी कुनै उद्घाटन कार्यक्रमका लागि नेपाल आएको हुनसक्ने अनुमान गरिएको छ । सम्भवत उनको यो पहिलो नेपाल भ्रमण हो ।

सन् १९८६ मा चलचित्र ‘सल्तनत’ बाट डेब्यु गरेकी उनले १९८४ मा मिस इन्डियाको उपाधि हात पारेकी थिइन् ।

‘कयामत से कयामत तक’, ‘हम हैं राही प्यार के’, ‘अन्दाज अपना अपना’, ‘इश्क’ जस्ता चलचित्रमा बलिउड स्टार आमिर खानसँग काम गरेकी उनले शाहरुख खानसँग ‘यस बोस’, ‘राजू बन गया जेन्टलम्यान’, ‘डर’, ‘डुप्लीकेट’ जस्ता हिट चलचित्रमा अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu