बलीउड कोरियोग्राफर मुदस्सर खानले दिए सुनिललाई स्टार बन्न शुभकामना



काठमाण्डौ। भारतका चर्चित कोरियोग्राफर तथा ‘डान्स इन्डिया डान्स’का निर्णायक मुदस्सर खानले नेपाली अभिनेता सुनिल क्षेत्रीलाई स्टार बन्न शुभकामना दिएका छन् । चलचित्र ‘चि मुसि चि’बाट चलचित्रमा डेब्यू गरेका सुनिललाई उनका गुरु खानले खुशी व्यक्त गर्दै सफलताको कामना गरेका हुन् ।

एक भिडियो सन्देश छोड्दै खानले ‘डिआईडी’ सिजन–४ मा टप टेन सम्म पुगेका सुनिल आफ्नो मनपर्ने प्रतियोगी रहेको बताएका छन् । उनले भनेका छन्, ‘सुनिल नेपालको ठूलो सुपरस्टार बन्न जाँदैछ । मेरो तर्फबाट उसलाई धेरै धेरै शुभकामना । तिमी एकदम राम्रो पर्फमर, डान्सर र आर्टिस्ट हौ ।’

उनले ४६ सेकेण्डको भिडियोमा डिआईडीमा सुनिलले देखाएको प्रस्तुतीको पनि खुलेर प्रशंसा गरेका छन् । उनी थप्छन्, ‘डिआईडीमा तिमीले आफ्नो फरक पहिचान बनाएका थियौ अब अलग ट्यालेन्ट र स्टारडमबाट आफ्नो पहिचान बनाउँ मेरो शुभकामना छ ।’

बलिउड सुपरस्टार सलमान खानलाई आफ्नो गडफादर मान्ने मुदस्सर खान भारतका टप कोरियोग्राफर मध्येमा पर्दछन् । सुनिल, मुदस्सरलाई आफ्नो गुरु मान्दछन् । गुरुको शुभकामनाबाट आफूलाई ठूलो साहस र उर्जा मिलेको सुनिलले बताए ।

सुनिल स्टारर चलचित्र ‘चि मुसि चि’ आउँदो साउन ११ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । यो चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका छन् ।

चलचित्रमा सुनिलका साथमा सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu