अनमोल बने ‘क्याप्स’ ब्राण्डको एम्बेस्डर, लिए १५ लाख पारिश्रमिक



अभिनेता अनमोल केसी १५ लाख पारिश्रमिकमा ‘क्याप्स’ ब्राण्डको लुगाको एम्बेस्डरमा नियूक्त भएका छन् । १ बर्षको कन्ट्रयाकमा उनी नेपालका लागि ‘क्याप्स’ को एम्बेस्डर बनेका हुन् ।

‘क्याप्टेन’ चलचित्रको सुटिङ सेटमै पुगेर शनिबार ‘क्याप्स’ ब्राण्डको तर्फबाट गौतम बैश्य र अनमोलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


सर्वाधिक फ्यान फलोइङ भएका स्टार भएकै कारण आफ्नो ब्राण्डप्रति ग्राहक आकर्षणका लागि अनमोल पहिलो रोजाइ बनेको गौतमले बताए ।

काठमाडौंसहित नेपालगञ्ज, पोखरा, बुटवल, धरान, बिराटनगर, इटहरी, जनकपुरलगायत देशका ५० बढि स्टोरहरुमा नेपाली ब्राण्ड ‘क्याप्स’ का लुगा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu