‘वीराङ्गना’ मा शिल्पासँग अनुपको बिहे



असार २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको एक्सन प्याक्ड चलचित्र ‘वीराङ्गना’ मा अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल लिड अभिनयमा छन् । चलचित्रमा यी दुवै शसस्त्र प्रहरीको भुमिकामा प्रस्तुत छन् ।

हालैमा निर्माण टिमले चलचित्रको एक महत्वपूर्ण सिनको अचल तश्बिर सार्वजनिक गरेको छ, जहाँ यो कपललाई दुलहा-दुहलीको भेषमा देख्न सकिन्छ । यस तश्बिरका कारण पनि चलचित्रप्रति दर्शकमा चासो सुरु भएको छ ।

महिला शसस्त्र प्रहरीको विरतामा आधारित चलचित्र ‘वीराङ्गना’ लभस्टोरी एक्सन जनरामा निर्माण भएको छ । महिला शसस्त्र शिल्पासँग अनुपको मिलनपछि विवाहको सिन राखिएको छ । उक्त सिन चलचित्रको मुख्य पार्ट भएको बुझिएको छ ।


चलचित्रमा शिल्पा पोखरेल, अनुप विक्रम शाही, पृथ्वी राज प्रसाई, प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटा लगायतको अभिनय रहेको छ ।

राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्र ‘वीराङ्गना’ फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् ।

चलचित्रमा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu