छविराजको बायोपिक बने हिरोइन को ? शिल्पा यस्तो भन्छिन्



सञ्जय दत्तको जीवनीमा बनेको चलचित्र ‘सञ्जू’ झैँ नेपालमा बाघ निर्माताको रुपमा परिचित छविराज ओझाकोे बायोपिक बने कति रोमाञ्चक होला ? कति जना हिरोइन होलान् ? कुन कलाकारलाई सुहाउला कसको भूमिका ? यो सबैका लागि चासोको विषय हुनसक्छ ।

छविराजको जीवनमा तीन पात्र विशेष छन् – गीताञ्जली सुनवार, रेखा थापा र शिल्पा पोखरेल । शिल्पासँग विवाह हुने चर्चा चलेता पनि गीताञ्जली र रेखा, छविराजका पूर्व श्रीमती हुन् । अब बायोपिक बने यी तीन जनाको भूमिकामा को सुहाउला ?

असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको आफू अभिनीत नयाँ चलचित्र ‘वीराङ्गना’को प्रचारमा व्यस्त अभिनेत्री शिल्पा पोखरेलले सञ्चारकर्मीको यस प्रश्नमा आफ्नो विचार राखेकी छिन् ।


उनी भन्छिन्, ‘उहाँको जीवनमा धेरैजना जोडिँदै आउनु भएको छ । तत्काल बन्यो भने त मेरो भूमिकामा म नै हुन्छु होला । रेखाजीको ठाउँमा पनि उहाँ नै हुनुहुन्छ होला । किनकी उहाँ अझै पनि स्क्रिनमा आइरहनु भएको छ । गीताञ्जली दिदीको ठाउँमा स्वस्तिमा खड्का फिट हुनुहुन्छ होला जस्तो लाग्छ ।’

उनले छविराज ओझाको बायोपिक बनाउन सजिलो नहुने बताउँछिन् । उनी थप्छिन्, ‘धेरै अनुसन्धान गर्नुपर्छ उहाँको जीवनीमा चलचित्र बनाउन त । सजिलो छ जस्तो लाग्दैन ।’ छविराज ओझाको भूमिकामा चाहिँ को फिट होला ? उनी भन्छिन्, ‘त्यो त बायोपिक बन्ने बेला मात्रै थाहा हुन्छ ।’

यो पनि हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu