चलचित्र विकास बोर्ड अध्यक्ष पौडेलको पद खारेजी सम्भावना, मन्त्रिपरिषदको निर्णय छ यस्तो



भदौ १४ देखि फागुन २ सम्म पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारबाट भएका सबै राजनीतिक नियुक्तिहरु वर्तमान सरकारले बदर गर्ने भएपछि चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलको पद गुम्न सक्ने प्रवल सम्भावना देखिएको छ ।

बुधबार साँझ अबेर सकिएको मन्त्रिपरिषद् बैठकले निर्वाचन आचार संहिता लागू भएपछि देउवा सरकारबाट भएका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको हो ।


बैठकपछि सरकारका प्रवक्ता एवम् सन्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल सरकार अन्तगर्तका विभिन्न प्राधिकरण, संस्थान, परिषद्, बोर्ड, समिति, कम्पनी, बैंक वा अन्य संस्थामा मन्त्रिपरिषद् वा मन्त्रीस्तरबाट भएका सबै नियुक्ति र मनोनयन खारेज भएको जानकारी दिए ।

चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता गएको मंसिर २५ गते नियुक्त भएकी थिइन् । तर, उनले बोर्ड अध्यक्षका लागि गएको भदौमा खुल्ला आवेदन दिएकी थिइन् ।

न्युनतम स्नातक उतिर्ण गरेको र चलचित्र क्षेत्रको प्रवद्र्धनमा १० वर्ष लागेको व्यक्तिले आवेदन दिन पाउने नियम अनुसार योग्य ठहरिएपछि उनी चलचित्र विकास बोर्डमा नियुक्त भएकी थिइन् ।

निकिता १५ वर्ष लामो बोर्डको इतिहासमा पहिलो महिला अध्यक्ष हुन् । राजनीतिक नियुक्ति हुने बोर्ड अध्यक्षको कार्यकाल २ वर्षको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu