शिल्पा र छविराजको बिहे भएको २ वर्ष भइसक्यो : रेखा थापा



अभिनेत्री रेखा थापाले निर्माता तथा आफ्ना पूर्व श्रीमान छविराज ओझाले अभिनेत्री शिल्पा पोखरेलसँग विवाह गरिसकेको खुलासा गरेकी छिन् । ‘रमाइलो ६’ अनलाइनको प्रथम वार्षिकोत्सवको अवसरमा प्रकाशित स्मारिकामा एक लेख लेख्दै उनले यो कुराको पर्दाफास गरेकी हुन् ।

उनले छविराज र शिल्पाको विवाह २ वर्ष अगाडि नै भएको समेत गोप्यता खोलेकी छन् । रेखाले डिभोर्स भएपनि आफ्नो नाम पटक-पटक छविराज ओझासँग जोड्दा ‘इरिटेट’ हुने गरेको लेखेकी छन् ।


उनी लेख्छिन्, ‘कुनै समय मैले लगाउने सर्ट, स्कर्ट, छविराज ओझासँगको प्रेम, बैबाहिक सम्बन्ध र त्यसपछिको डिभोर्सले मिडियामा खुब स्थान पायो । पब्लिक फिगर भएकाले मेरो जीवनका गतिबिधिमा पाठक/दर्शकको चाख हुन्छ । तर, इरिटेट त्यहाँनेर लाग्छ, जब मलाई छविराज ओझासँग अहिले पनि जोडिन्छ, जबकि डिभोर्स भएर उहाँले शिल्पा पोखरेलसँग बिहे गरेको दुई वर्ष भइसक्यो ।’

छविराज ओझा र शिल्पा पोखरेलले विवाह गर्न लागेको खबर पटक-पटक बाहिर आइरहँदा रेखाको यो खुलासाले सिनेवृतमा तरंग ल्याएको छ । उनले आफूमाथि मिडियाले विभेद गरेको भन्दै दुखेसो समेत पोेखेकी छन् ।

                               (रमाइलो ६ स्मारिकामा प्रकाशित अभिनेत्री रेखा थापाको लेखको अंश)

‘जसले विवाह गरिसकेको उसलाई उसको बैबाहिक जीवनको बारेमा सोध्दा हुन्छ नी ? तर पटक-पटक ममाथि नै किन प्रहार गरिन्छ ?’ रेखाले मिडियालाई प्रश्न छाडेकी छन् ।

के छविराज र शिल्पाको विवाह भइसकेकै हो त ? अब यो त छविराज र शिल्पा नै जान्दछन् । रेखाको यो खुलासामा सत्यता कति छ त्यसको पर्दाफास ढिलोचाडो छविराज र शिल्पाले अवश्य गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu