‘कायरा’ ट्रेलरमा आर्यनको वाहवाही



साउन १८ गतेबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्र ‘कायरा’ प्रदर्शनमा आउँदैछ । पहिलो पटक यो कपलले सँगै काम गरेका कारण यो चलचित्रप्रति दर्शकको चासो अलि बढी नै छ ।

फिलिपिन्समा यो चलचित्रको अधिकांश छायांकन भएको हो । म्यूजिकल लभस्टोरी जनरामा निर्मित ‘कायरा’ को करीब २ हप्ता अगाडि कलरफूल ट्रेलर सार्वजनिक भएको थियो, जसले दर्शकको ध्यान खिच्न सफल भएको छ ।

यूट्युबमा साढे ८ लाखभन्दा बढी पटक हेरिसकिएको ट्रेलरमा २ हजार बढीले कमेन्ट लेखेका छन्, त्यो पनि अधिकांश सकारात्मक ।


ईश्वर सापकोटा कमेन्टमा लेख्छन्, ‘नाइस ट्रेलर । बेस्ट अफ लक ‘कायरा’ टिम ।’ लभस्टोरी चलचित्रमा आर्यन जस्तो कुनै पनि हिरो नसुहाउने अन्जान अविनास बताउँछन् । ‘आर्यन सिग्देलको कमब्याक दाम्मी लाग्यो’, कमेन्टमा स्वस्तिक लामिछानेले लेखेका छन् ।

अभिनेत्री साम्राज्ञीका लागि पनि उस्तै सुन्दर शब्दहरु लेखिएका छन् । धेरैले उनको स्वरको प्रशंसा गरेका छन् । आर्यनसँग जोडी सुहाएको कमेन्ट पनि ‘कायरा’ को ट्रेलरको कमेन्ट बक्समा प्रशस्तै भेटिन्छन् ।

‘कायरा’ का निर्देशक लक्ष्मण रिजाल हुन् । उक्त चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

ट्रेलर हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu