चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको नियुक्ति वर्तमान सरकारले बदर गरेको छ । उनी गएको मंसिर २५ गते नेपाली कांग्रेस नेतृत्वको सरकारको पालामा बोर्ड अध्यक्षमा नियुक्त भएकी थिइन् ।
बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले भदौ १४ देखि फागुन २ सम्म देउवाको सरकारबाट भएका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको थियो ।
जस अन्तर्गत आइतवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न निकायका अध्यक्ष र पदाधिकारीसहित १५ जनालाई नियुक्ति बदरको पत्र थमाएको छ ।
नियुक्ति बदरको पत्र पाउनेमा बोर्ड अध्यक्ष निकितासँगै सदस्य विजय देउजा, सेन्सर बोर्डका सदस्य उमेश खड्का, देवीराम पराजुली पनि छन् ।
निकिता १५ वर्ष लामो बोर्डको इतिहासमा पहिलो महिला अध्यक्ष हुन् । राजनीतिक नियुक्ति हुने बोर्ड अध्यक्षको कार्यकाल २ वर्षको हुन्छ ।