शिव श्रेष्ठ होलान् बोर्ड अध्यक्ष ?



२ वर्षका लागि राजनीतिक नियुक्ति हुने चलचित्र विकास बोर्डको अध्यक्षमा पछिल्लो केही दिनदेखि निर्देशक दिनेश डिसी र कलाकार तथा निर्माता केशव भट्टराईको नाम खुबै चर्चामा थियो ।

निर्देशक डिसीलाई बोर्ड अध्यक्ष बनाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली स्वयमले चासो देखाएका थिए । प्रधानमन्त्री ओलीको राजकिय भारत भ्रमण टोलीमा राजेश हमालसँगै उनी पनि थिए ।

तर, रेडियो कान्तिपुरको स्टेशन म्यानेजरको पदबाट हट्न नसक्ने औपचारिक घोषणा पश्चात् केशवलाई बोर्ड अध्यक्षका लागि एक्ला दावेदार मानिएको थियो ।

तर, कथामा नयाँ ट्विस्ट आउने भएको छ । गोप्य सुत्रका अनुसार, चलचित्र विकास बोर्डको अध्यक्षमा पुराना अभिनेता शिव श्रेष्ठ हुनसक्ने प्रवल सम्भावना रहेको छ ।


बाहिरी रुपमा बोर्ड अध्यक्षका लागि प्रोसेस गरेको नखुलाएपनि केही दिनदेखि उनी मन्त्रालयको चक्कर काटिरहेका छन् ।

मंगलवार निर्देशक डिसीसँग शिवले काठमाडौंको पाँचतारे होटल सोल्टीमा घण्टौं यसै विषयमा छलफल गरेको खबर प्राप्त छ । शिवले प्रधानमन्त्री समक्ष बोर्ड अध्यक्षका लागि आफ्नो नाम सिफारिस गर्न आग्रह गरेको बुझिएको छ ।

प्रधानमन्त्री ओली पनि शिवलाई बोर्ड अध्यक्षमा नियुक्त गर्न सकारात्मक देखिएका छन् । उता, बोर्ड अध्यक्षका लागि चर्चामा रहेका केशव भट्टराईको नाम चार महिना अगाडि नै जनपक्षीय चलचित्रकर्मी संघले मन्त्रालयमा बुझाइसकेको छ ।

अब बोर्डले को नयाँ अध्यक्ष पाउँला ? अभिनेता द्वय शिव कि भट्टराई ? वा फेरि अर्का व्यक्तिको नाम पो बाहिर आउने होकि ? यतिबेला सिनेवृतमा बोर्ड अध्यक्ष को होला ? भन्ने बहसमा कयौं चियाका गिसालहरु रित्तिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu