यस्तो बन्यो मैथिली चलचित्र ‘प्रेमक बसात’ को ट्रेलर



मैथिली भाषाको सबैभन्दा महंगो चलचित्र बताइएको ‘प्रेमक बसात’ को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा नेपालका मोडल पियूष कर्णको लिड अभिनय छ ।

सहकलाकारको रुपमा कल्कत्ताकी चर्चित नायिका रैना बेनर्जीले अभिनय गरेकी छन् । वेदान्त झाले निर्माण गरेको ‘प्रेमक बसात’ को रुपक सरारले निर्देशन गरेका हुन् ।

प्रेमकथामा आधारित यो चलचित्रले हिन्दू र मुश्लिमले एकअर्कासँग बिहे गर्दा आइपर्ने समाजिक समस्याको कथा बोल्छ । सरोज सुमन, प्रवेश मल्लिक, एस. कुमारले चलचित्रका गीतमा संगीत भरेका छन् ।

जेएनके इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको नेपालसहित भारत, दुबई, कतार अष्ट्रेलियालगायतका देशमा एकसाथ प्रदर्शन हुने निर्माता झाले जानकारी दिए ।

यो चलचित्रको ‘ललमुनियाके ताडी’ बोलको एक आइटम गीतमा नेपाली अभिनेत्री नम्रता सापकोटाले ठुम्का लगाएकी छन् । चलचित्रको सम्पूर्ण गीत संगीतलाई भारतकै सबैभन्दा ठूलो कम्पनी टी सिरिजले बजार व्यवस्थापन गरेको छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu