प्रियंका र आयुष्मानले गरे इन्गेजमेन्ट



अन्ततः अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले अब प्रेमलाई विवाहमा परिणत गर्ने कन्फर्म भएको छ । दुवैले शनिवार एक पारिवारिक माहोलमा इन्गेजमेन्ट गरेका छन् ।

गएको २ वर्षदेखि यी दुई गहिरो प्रेममा थिए । मिडियामा पनि खुल्लम खुल्ला दुवैले आफूहरु एकअर्काको प्रेममा रहेको बताउन हिचकिचाएका थिएनन् ।

यो जोडीको इन्गेजमेन्ट समारोहमा कार्की र जोशी परिवारका सदस्यहरुको मात्र उपस्थिति थियो । आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्स्टाग्राममा केहि तश्बिर शेयर गर्दै हुनेवाला बुहारी र छोरालाई बधाई दिएकी छन् ।

यस्तै, पूर्व मिस नेपाल जेनिशा मोक्तानले पनि औँठी साटेका दुवैलाई बधाई दिँदै सामाजिक सञ्जालमा तश्बिर राखेकी छन् । इन्गेजमेन्ट भएपनि प्रियंका र आयुष्मानको विवाहको मिति तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu