‘चि मुसी चि’ को नयाँ गीत रिलीज, मायामा क्वाईन टस गर्दै सुनिल र अलिशा (भिडियो)



काठमाण्डौ। यसअघि दुई गीत र ट्रेलर रिलीज गरिसकिएको चलचित्र ‘चि मुसी चि’को नयाँ गीत रिलीज भएको छ । ‘आउ आज मायाको’ बोलको गीतमा अलमोडा उप्रेतीको स्वर रहेको छ भने सुरज अधिकारीको शब्द-संगीत रहेको छ ।

गीतमा मायामा क्वाईन टस गर्ने कुरा गरिएको छ । ‘हेड’ परेपनि ‘टेल’ परेपनि आफ्नै पक्षमा नतिजा निकाल्ने भाव गीतमा पाईन्छ । गीतमा नायक सुनिल क्षेत्री र नायिका अलिशा शर्माले नृत्य गरेका छन् भने कोरियोग्राफी सुनिल आँफैले गरेका छन् ।

यो चलचित्र श्रावण ११ गते रिलीज हुँदैछ । यो चलचित्रबाट नै नायक सुनिल र नायिका अलिशाले डेब्यू गर्दैछन् । यो रिल जोडीलाई नेपाली चलचित्रमा जमिरहन ‘चि मुसी चि’ले मद्दत गर्ने निर्माण पक्षले बिश्वास लिएको छ । सुनिल र अलिशा दुवै नृत्य क्षेत्रमा चर्चित छन् ।

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।

यसअघि सार्वजनिक शिर्ष गीतले यूट्युबमा मिलियन बढि भ्यूज पाईसकेको छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu