जयकिशनको ‘१२ मासे’ ट्रेलर सार्वजनिक (भिडियो)



भदौ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता जयकिशन बस्नेत अभिनीत चलचित्र ‘१२ मासे’ को कमेडी संवादले भरिएको ट्रेलर सार्वजनिक भएको छ ।

हाँस्य कलाकारहरुको बाहुल्यता रहेको यस चलचित्र मा जुवा तासमा हल्लिने युवा तथा बृद्धहरुको कथालाई उठाइएको छ । यसका निर्देशक लय संग्रौला हुन् ।

नक्कली प्रचण्ड भनेर चिनिने फिल्मका लेखक तथा निर्माता प्रदीप पाठक ‘१२ मासे’ ले दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी नराख्ने बताउँछन् । चलचित्र मा जयकिशनका अलावा पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोलालगायतको अभिनय रहेको छ ।

चलचित्रमा अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ । बासु न्यौपानेले छायांकन गरेको ‘१२ मासे’ लाई अनन्त घिमिरेले सम्पादन गरेका हुन् ।

ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu