प्रेममा भुल्दै पल-आँचल, नयाँ म्यूजिक भिडियो सार्वजनिक (भिडियो)



काठमाण्डौ। ‘जुनमा राखु तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायक पल शाह र नायिका आँचल शर्माको अभिनय रहेको छ । गीतले प्रेमील जोडीको भावना बोलेको छ ।

केहि समययता भिडियोमा सँगै नदेखिएका पल र आँचल पुन: एकपटक भिडियोमा आएका हुन् । यसबीचमा नायिका शर्माले केहि म्यूजिक भिडियोमा अभिनय गरेकी थिइन् । नायक शाहले भने केहि ग्याप गरेका थिए ।

सार्वजनिक भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । कोरियोग्राफर पल आँफै हुन् । गीतमा प्रदीप ढकाल र निखिता थापाको स्वर रहेको छ भने प्रदीप ढकालकै संगीत र बिष्णू बाबु देवकोटाको शब्द रचना रहेको छ । अनिल के. मानन्धरले छायांकन गरेको भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu