‘टिनएज’ ले टिनएजर्सलाई संस्कार सिकाउँछ : दिनेश पाख्रिन



साउन २५ गतेबाट देशैभर एकसाथ प्रदर्शनमा आउँदैछ चलचित्र ‘टिनएज’ । दिनेश पाख्रिन निर्देशित यस चलचित्रमा अधिकांश नयाँ कलाकारहरुको बाहुल्यता रहेको छ ।

निर्देशक पाख्रिन चलचित्रले टिनएजर्सहरुलाई संस्कार सिकाउने बताउँछन् । उनले टिनएजर्सको वास्तविक प्रेमकथामा चलचित्र आधारित रहेको बताए ।


उनी भन्छन्, ‘मेरो चलचित्रमा अधिकांश नयाँ कलाकार हुनुहुन्छ तर सबैको काम परिपक्क छ । चलचित्रले दर्शकलाई भरपूर मनोरञ्जन दिन चुक्ने छैन ।’ कलाकार नरेश वीर सिंहले ‘टिनएज’ ले टिनएजर्सको वास्तविक कथा बोल्ने हुँदा एकपटक सबैले हेर्नैपर्ने बताए ।

‘टिनएज’ मा नरेशका अलावा प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाहलगायतका कलाकारको पनि अभिनय रहेको छ ।

विकास चौधरी र बसन्त सापकोटाको संगीत रहेको चलचित्रमा डा. कृष्णहरी बराल, हरी उप्रेती र सबिना केसीको गीत रचना छ । यसमा दिक्षा पाख्रिन, लिगेश भट्टराई, सोम लामा, जनक कार्की र दिपक सिंहको कोरियोग्राफी रहेको छ ।


हेलेन पाख्रिन फिल्मस्को ब्यानरमा हेलेन पाख्रिनको प्रस्तुती ‘टिनएज’ लाई बिरु मगर, बुद्धिमान स्याङतान, चिनीमाया पाख्रिन र देविका खड्गीले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu