प्रहरीको सामुन्ने ‘चक्कर’ निर्मातासँग शाहीले मागे माफी



वितरक तथा चलचित्र निर्माता गोविन्द शाहीले शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चक्कर’ का निर्माता रविन आचार्यमाथि हातपात गरेको स्वीकार गर्दै माफी मागेका छन् ।

केहि दिन अगाडि दरवारमार्गमा रहेको होटल उडल्याण्डमा वितरक शाहीले आफूले वितरण गर्ने जिम्मा पाएको चलचित्र ‘पण्डित बाजेको लौरी’ सँग चलचित्र जुधाउन लागेको भन्दै निर्माता आचार्यमाथि हातपात गरेका थिए ।

                                                                  (निर्माता रविन आचार्य र वितरक गोविन्द शाही)

आचार्यले बुधवार दरबारमार्गको प्रहरी बिटमा शाहीले आफूमाथि हातपात गरेको भन्दै उजुरी दिएपछि प्रहरीको रोहबारमा दुवै पक्ष सहमतीमा आएका हुन् । आफूले गल्ती गरेको स्वीकार गर्दै वितरक शाहीले प्रहरी समक्ष आइन्दा यस्ता गतिविधीमा संलग्न नहुने वाचा गरेका छन् ।

निर्माता आचार्यले आफूमाथि वितरक शाहीले हातपात गरेको भन्दै दरबारमार्गको प्रहरी वृत्त र टेकु अपराध अनुसन्धान शाखामा उजुरी दिएका थिए । सुरुमा वितरक शाहीले प्रहरी समक्ष आफूले हातपात नगरेको बताएपनि पछि सिटिटिभी फेटेज हेरेपछि उनले आफ्नो गल्ती स्वीकारेका थिए ।

गएको वर्ष पनि निर्माता शाहीले नेपाल चलचित्र संघको परिसरमै वितरक गोपालकाजी कायस्थमाथि हातपात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu