कान्तिपुरले ६ शहरमा फिल्म मेकिङ्ग वर्कशप गर्दै



काठमाण्डौको मैतिदेवी स्थित कान्तिपुर फिल्म एकेडेमीले देशका ६ शहरमा चलचित्र मेकिङ्ग वर्कशप सञ्चालन गर्ने भएको छ ।

चलचित्र निर्माण सम्बन्धि शिक्षा दिने, फिल्ममा साक्षरता बढाउने र नयाँ जाकरुक फिल्ममेकर्स तथा स्टोरी राईटरहरुलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यले ईटहरी, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल र नेपालगञ्जमा एक-एक हप्ते ‘चलचित्र मेकिङ्ग वर्कशप’ सञ्चालन हुने भएको हो ।


उक्त चलचित्र निर्माण सम्बन्धि वर्कशप ईटहरीमा भदौ ३ देखि ८ गतेसम्म, हेटौँडामा भदौ १० देखि १५ गतेसम्म, नारायणघाटमा भदौ १७ देखि २२ गतेसम्म, पोखरामा भदौ २४ देखि २९ गतेसम्म, बुटवलमा भदौ ३१ देखि असोज ५ गतेसम्म र नेपालगञ्जमा असोज ७ देखि १२ गतेसम्म सञ्चालन हुँदैछ ।

सबै शहरमा विहानको १० बजेदेखि बेलुकी ५ बजेसम्म थेउरिटिकल र प्राक्टिकल तरीकाबाट वर्कशप सञ्चालन हुने कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले जानकारी दिए । उनका अनुसार, चलचित्र निर्माण सम्बन्धि चासो भएका जो कोहि वर्कशपमा सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu