नरेन्द्र महर्जनले हेटौंडा–४, हुप्राचौरमा सञ्चालन गरेको ओम्याक्स हलमा बुधवार बिहान करिब १० बजे लागेको आगो नियन्त्रणमा आएको छ ।
हेटौंडा उपमहानगर र आयल निगम अम्लेखगञ्जका दुई दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् । करिब साढे २ घण्टापछि आगलागी नियन्त्रणमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, विद्युत सर्ट भएर ओम्याक्स हलमा आगो लागेको हो । आगलागीबाट मानविय क्षती नभएपनि करोडौंको क्षति भएको खबर प्राप्त छ । क्षतिको पूर्ण विवरण भने आएको छैन ।

दुईतले भुवनमा रहेको फिल्म हलको सबै भागमा आगो फैलिएको थियो । ०६५ सालमा ३ डी प्रविधि प्रयोग गरेर करिब ४ करोड लगानी उक्त हल निर्माण भएको थियो ।
यस हलमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्र ‘कायरा’ प्रदर्शनरत थियो । उक्त हलका सञ्चालक महर्जन ‘लुट’, ‘संरक्षण’ लगायतका चलचित्रका निर्माता तथा एफडी कम्पनीका अध्यक्ष समेत हुन् ।






