बुबाको किरियामा बसिन् अभिनेत्री शाही



पछिल्लो समय छोरा सरह छोरीले पनि जन्मदिने बुबाआमाको काजकिरिया गर्न थालेका छन् । पुरानो मान्यतालाई तोड्दै अभिनेत्री सुस्मिता शाहीले पनि बुबाको किरियामा बसेकी छन् ।

भारतमा रोजगारीको सिलसिलामा रहेका पिता हरि पन्तको साउन १८ गते गाडी दुर्घटनामा निधन भएपछि उनी आफैं बाबुको किरिया बसेकी हुन् ।


आफू एक्ली छोरी भएका कारण हिन्दू परम्परा अनुसार १३ दिन बुबाको किरिया बस्ने सुस्मिताले बताइन् । ‘छोरा-छोरी बराबर हुन् । म बुबाको किरिया छोरा सरह नै १३ दिन बस्छु’, उनले भनिन् ।

सुस्मिताले ‘जञ्जीर’, ‘पुर्नजन्म’ लगायतका चलचित्रमा काम गरेकी छन् । पछिल्लो समय उनी चलचित्रमा खासै सक्रिय छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu