३७ वर्षमा लागिन् रेखा थापा



नायिका रेखा थापाको मंगलवार जन्मदिन परेको छ । उनी ३६ वर्ष पूरा भएर ३७ वर्षमा लागेकी छन् । पिता प्रेम थापा र माता सरस्वती थापाको कोखबाट जन्मिएकी उनी नायिका, निर्देशक, निर्माता, संगीतकार, निर्मात्री हुन् ।

नेपाली रजतपटमा सँधै चर्चामा रहने सफल नायिकाको उपमा पाएकी उनी समय समयमा चर्चामा रहिरहन्छिन् ।

छविराज ओझाको चलचित्र ‘हिरो’ बाट नेपाली रजतपटमा छाएकी रेखाले आजसम्म २ सय बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् । त्यसो त रेखा अभिनित धेरै चलचित्र सफल चलचित्रको सुचीमा पनि छन् ।

रेखा अभिनीत ‘हिरो’, ‘मितिनी’, ‘धड्कन’, ‘हामी तीन भाई’, ‘कर्णवीर’, ‘दुर्गा’, ‘देवर बाबु’, ‘हिम्मत’, ‘किस्मत’, ‘हिफाजत’, ‘अन्दाज’, ‘रावण’, ‘कस्ले चोर्‍यो मेरो मन’, ‘हिम्मतवाली’, ‘रामप्यारी’ जस्ता चलचित्रलाई दर्शकले अत्याधिक रुचाएको पाइन्छ । जुन व्यवसायिक रुपमा पनि सफल ठहरिए ।

रेखाको अभिनय, लगानी अनि निर्देशन रहेको पछिल्लो चलचित्र ‘मालिका’ तिहारको लक्ष्मीपूजा प्रदर्शनमा आउँदैछ ।

ठुलोपर्दा डटकमको तर्फबाट रेखालाई जन्मदिनको धेरै-धेरै शुभकामना !

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu