यसकारण गुमाएकी थिइन् केकीले ‘नार्इँ नभन्नू ल’



‘नाईं नभन्नू ल ५’ मा कलाकारको रुपमा फाइनल हुने केकी अधिकारी अन्तिम कलाकार थिइन् । फ्लोरमा जाने समयसम्म पनि निर्देशक विकास आचार्यले केकीले अहिले गरेको भूमिका गर्ने कलाकार भेटेका थिएनन् ।

उनको दिमागमा केकी थिइन् तर उनले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ रिलिजको संघारमा थियो । यस्तो समयमा केकीलाई अभिनयका लागि आग्रह गर्न आचार्यको मुख लागेन । तर, टिमकै एक सदस्य कुरा गरिहेर्नुन भनेपछि आचार्यले केकीलाई आग्रह गरेका थिए । जुन आग्रह केकीले सजिलै स्विकारिन् ।

तर आचार्यले केकीलाई ‘नाईं नभन्नू ल’ सिरिजमा अभिनय गर्न प्रस्ताव लिएर गएको पहिलो पटक पटक थिएन । आचार्यले पहिलो शृंखलामै हिरोइनका लागि केकीलाई आग्रह गरेका थिए । तर केकीले ‘स्वर’ बाट डेब्यु गर्ने निर्णय गरिसकेकी थिइन् । उनले पहिलो ‘नाईं नभन्नू ल’ यसरी मिस गरेकी थिइन् । पछि आचार्यले केकीलाई तेस्रो शृंखलामा पनि अफर गरेका थिए तर केकी सोही समयमा अर्को चलचित्रमा व्यस्त भएका कारण यो चलचित्र पनि गर्न पाइनन् ।

तर, फेरि जब ५ बाट पनि अफर आयो, उनले यो अवसर गुमाउन चाहिनन् । ‘विकास अंकलले पहिलो चलचित्रदेखि नै मलाई सम्झने गर्नु भएको थियो । विविध कारणले गर्न पाएको थिइँन । तर फेरि ५ मा काम गर्ने अवसर आयो, मैले एक सेकेन्ड मै हुन्छ भनेकी हुँ । मलाई आफ्नै चलचित्र तयार गर्ने प्रेसर थियो त्यसका बावजुद पनि यो पाली चैं नछाडने निर्णय गरे,’ केकीले भनिन् ।

केकी नेपालकै सबैभन्दा चर्चित फ्रेन्चाइजमा काम गर्न पाउँदा खुशी लागेको बताउँछिन् । ‘हाम्रो लागि ‘नाईं नभन्नू ल’ सिनेमा नभई एउटा परिवार हो । यस्तो चर्चित परिवारको अंग बन्न पाउँदा निश्चय नै एक्साइटेड थिएँ । त्यो एक्साइटमेन्ट रिलिज नजिक आउँदा झनै बढेको छ ,’ केकीको भनाई छ ।

चलचित्र गर्ने निर्णय गर्न केकीलाई निर्देशक आचार्यको इगोरहित बानीले पनि प्रेरित गरेको उनी बताउँछिन् । उनको अनुभवमा एक चोटि काम गर्न नमानेको कलाकारसँग निर्माता निर्देशकले इगो लिएर दोस्रो पटकदेखि कुरै गर्दैनन् । ‘तर विकास अंकलले कहिलै मेरो इन्कारलाई त्यसरी लिनु भएन । यही कारण हो, पाँचमा हामीले सँगै काम गर्यौं,’ केकीले भनिन् ।

भदौ ८ बाट प्रदर्शनमा आउन लागेको चलचित्रमा केकीका अलावा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, स्वस्तिमा खड्का आदि कलाकारको अभिनय रहेको छ । चलचित्र देशभरका सयभन्दा बढी पर्दाबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu