अमेरिकामा ‘नेम्पा पपुलर फिल्म अवार्ड’ हुँदै



नेपाल चलचित्र संघको संयोजकत्वमा अमेरिकामा ‘नेम्पा पपुलर फिल्म अवार्ड’ आयोजना हुने भएको छ । अगष्ट ३१ देखि सेप्टेम्बर २ सम्म अमेरिका हुन लागेको ‘नेपाली राष्ट्रिय सम्मेलन २०१८’ मा उक्त अवार्ड आयोजना हुनेछ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चलचित्र संघले नेपाली फिल्मको विकास र विस्तारका लागि अमेरिकामा ‘नेम्पा पपलुर अवार्ड’ गर्न लागेको जनाएको छ । संघका अध्यक्ष प्रदीप कुमार उदयका अनुसार, अवार्डमा सहभागी हुन २५ जना कलाकार नेपालबाट अमेरिका जानेछन् ।


पपुलुर फिल्म, निर्देशक, नायक, नायिका, सह-नायक, सह-नायिका, संगीतकार, हाँस्य कलाकार, गायक, गायिका, नव-निर्देशक, नव-नायक विधामा अवार्ड बाँडिनेछ भने दशकको नायक, दशककी नायिका र लाइफ टाइम एचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ ।

नीर शाह, भूवन केसी, सुनिल थापा, रेखा थापा, झरना थापा, दिपकराज गिरी, दीपाश्री निरौला, अनमोल केसी, केकी अधिकारी, अर्जुन पोखरेल, निता ढुंगाना, जितु नेपाल, केदार घिमिरेलगायतको टोली अमेरिका पुग्ने संघले बताएको छ ।

अवार्डको तयारी पूरा भएको र आफूहरु यसै साता सो अवार्डमा सहभागी हुन अमेरिका प्रस्थान गर्ने अध्यक्ष उदयले पत्रकार भेटघाटमा जानकारी गराए । अवार्ड समारोहमा ४ हजारभन्दा बढी नेपालीहरुको उपस्थिति हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu