‘तिमी र म’ मा कबिर र सूर्याको जोडी



‘लम्फू’ बाट डेब्यु गरेका अभिनेता कबिर खड्काले अब चलचित्र ‘तिमी र म’ गर्ने भएका छन् । बुधवार यस फिल्मको कलाकार निर्माण टिमको उपस्थितिमा औपचारिक निर्माण घोषणा गरिएको छ ।

२०१९ को जनवरीबाट छायांकन सुरु हुने यस चलचित्रमा कबिरको जोडी अभिनेत्री सूर्या थापासँग बाँधिएको छ । चलचित्रका लागि अझै एक नायक र एक नायिका छनौट हुन बाँकी छ ।


अष्ट्रेलियामा खिचिने लभस्टोरी जनराको ‘तिमी र म’ लाई नेपाली र अष्ट्रेलियन दुई निर्देशकले निर्देशन गर्नेछन् । सरोज पोखरेल र अष्ट्रेलियन निर्देशक मेट विल्लिम्सले संयूक्त रुपमा चलचित्रको निर्देशन गर्ने जिम्मेवारी पाएका छन् ।

सुनौलो सपना बोकेर अष्ट्रेलिया पुगेका युवाहरुको कथा चलचित्रले वाचन गर्ने निर्देशक पोखरेलले बताए । १ करोड ५० लाखमा निर्माण भ्याउन लक्ष्य लिइएको उक्त चलचित्र एनएसएम क्रियशनको ब्यानरमा निर्माण हुन लागेको हो ।

कमला पोखरेल, चन्द्र बहादुर खड्का र भुषन पोखरेलको निर्माण रहने ‘तिमी र म’ को कथा उत्कृष्ट लागेर काम गर्न लागेको अभिनेता खड्काले बताए । अभिनेत्री थापाको भनाई पनि यस्तै छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu