भाद्र ३१ गते ‘एलजी सिने सर्कल अवार्ड’ हुने



‘एलजी सिने सर्कल अवार्ड’ ले यस बर्ष पनि निरन्तरता पाउने भएको छ । दिनेश डिसी संयोजक रहेको सिनेमा सर्कल नेपालको आयोजनामा हुने अवार्ड यस वर्ष भाद्र ३१ गते राष्ट्रिय सभागृहमा हुने भएको छ ।

अवार्डको पहिलो वर्ष (२०७३) भारतीय चर्चित अभिनेता तथा सांसद शत्रुघन शिन्हा, जापानी चलचित्र निर्देशक मात्सुवयासी र हलिउड चलचित्र निर्देशक डिगर मेश विशेष अतिथीका रुपमा आमन्त्रित थिए ।

दोस्रो वर्ष (२०७४) भारतिय कलाकार तथा नेपालको पहिलो निजी क्षेत्रबाट निर्मित चलचित्र ‘माईतीघर’ का प्रमुख कलाकार माला सिन्हा, सिपी लोहनी र तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्री विशेष अतिथीको रुपमा रहेका थिए ।


अवार्डको दुवै वर्षमा प्रमुख अतिथीको रुपमा उपराष्ट्रपति नन्दबहादुर पुन उपस्थित भएका थिए । ‘एलजी सिने सर्कल अवार्ड’ को पहिलो वर्ष उद्धव भट्टराई (जुङ्गे), दोश्रो बर्ष एन.वि.महर्जनलाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

यस वर्ष लाईफटाईम अचिभमेन्ट अवार्ड ‘राँको’, ‘करोडपति’, ‘सिमारेखा’, ‘घामछायाँ’, ‘एक नम्वरको पाखे’, ‘कर्जा’, ‘घुम्टो’ जस्ता दर्जनौ नेपाली चलचित्र निर्देशन गरिसकेका निर्देशक किशोर रानालाई नगद ५१ हजार सहित सम्मान गरिने सिनेमा सर्कल नेपालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।

२२ विधामा वितरण गरिन लागिएको ‘एलजी फिल्म अवार्ड’ मा पर्दा पछाडिका प्राविधिक, पोष्टर डिजाइनर, स्टन्ट म्यान, छायांकन स्थलमा खाना पकाउनेसम्मलाई सम्मान र अवार्ड प्रदान गरिँदै आएको छ ।

‘एलजी सिने सर्कल अवार्ड’ २०७५ का विधाहरु :

१. बर्षको उत्कृष्ट चलचित्र
२. बर्षको उत्कृष्ट निर्देशक
३. बर्षको उत्कृष्ट नायक
४. बर्षको उत्कृष्ट नायिका
६. बर्षको उत्कृष्ट संगीतकार
७. बर्षको उत्कृष्ट अनस्कृन जोडी
८. बर्षको उत्कृष्ट कोरियोग्राफर
९. बर्षको उत्कृष्ट एक्सन निर्देशक
१०. बर्षको उत्कृष्ट पाश्र्व गायिका
११. बर्षको उत्कृष्ट पाश्र्व गायक
१२. बर्षको उत्कृष्ट पटकथा
१३. बर्षको उत्कृष्ट पाश्र्व संगीत
१४. बर्षको उत्कृष्ट सम्पादक
१५. बर्षको सर्वाधिक चर्चित अभिनेत्री
१६. बर्षको सर्वाधिक चर्चित अभिनेता
१७. बर्षको उत्कृष्ट कमेन्डेबल मुभि
१८. बर्षको उत्कृष्ट भीएफएक्स
१९. बर्षको उत्कृष्ट स्टन्ट
२०. बर्षको सर्वाधिक चर्चित गीत
२१. बर्षको उत्कृष्ट ट्रेलर
२२. बर्षको उत्कृष्ट पोष्टर

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu