पोखरामा एक हप्ते फिल्म मेकिङ वर्कशप हुँदै



फिल्म लेखन र निर्माण सम्बन्धी शैक्षिक कार्यक्रम लिएर प्रदेश दौडाहमा रहेको कान्तिपुर फिल्म एकेडेमीले पोखरामा एक हप्ते फिल्म मेकिङ वर्कशप गर्ने भएको छ ।


यही भाद्र २४ गते देखि २९ गते सम्म हुने वर्कशप फोटोग्राफी, सिनेमाटोग्राफी, स्कृप्ट राईटिङ्ग, डाईरेक्सन र फिल्म निर्माणमा केन्द्रित हुनेछ ।

फिल्म सम्बन्धी इच्छा भएका र सिक्न चाहने जो कोही वर्कशपमा सहभागी हुन सक्ने कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरी बताए । नयाँ पुस्तालाई फिल्म मेकिङमा प्रोत्साहन गर्न वर्कशप आयोजना गरिएको पूरीको भनाई छ ।

पोखरामा हुन लागेको उक्त वर्कशपका लागि ‘हाईवे’ तथा ‘कालो पोथी’ का राइटर अविनास बिक्रम शाह, सिनेम्याटोग्राफर बिष्णु कल्पित घिमिरे र कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले प्रशिक्षण दिनेछन् ।


वर्कशपमा सहभागी विद्याथीलाई हौसला तथा प्रोत्साहनका लागि कलाकार दिपकराज गिरी विशेष अथितीको रुपमा उपस्थित हुनेछन् ।

पछिल्लो समय सर्ट फिल्म, डकुमेन्ट्री फिल्म, वेभ सिरिज, म्युजिक भिडियो, टेलिभिजन कार्यक्रम, युट्युव प्रोग्रामलगायतका प्लेटफर्ममा राम्रो करियर र कमाई देखिन थालेपछि युवा पुस्तामा फिल्म मेकिङमा थप चासो बढेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu