कमब्याकका लागि कपिलको तयारी



चर्चित कमेडियन कपिल शर्मा पुनः टिभीमा कमब्याक गर्दैछन् । यसका लागि बेजोड तयारी पनि सुरु गरिसकेका छन् । हालै सामाजिक सञ्जालमा शेयर भएको उनको केही तस्वीरले उनको तयारीका झलकहरु पेश गरेको छ ।

ती तस्वीरमा कपिल जगिङ गरिरहेको देखिएका छन् । हालका दिनहरुमा कपिलको तौल निकै बढेको छ र उनी त्यसलाई घटाउने प्रयासमा छन् । एक अन्तरवार्तामा कपिलले आफ्नो कमब्याकबारे बोल्दै हालसम्म केही फाइनल नभएको बताए ।

कपिलले आफ्ना फ्यानहरुसँग चाडै टेलिभिजनमा आउने वाचा गरेका छन् । उनले ‘द कपिल शर्मा शो’ को नयाँ सिजन लिएर आउने बताए ।

कपिलले उक्त शोको योजना प्राथमिक चरणमा भएको तर त्यसलाई लिएर आउने प्रतिबद्धता जनाएका छन् । कपिल यो नयाँ शो कृष्ण, अभिषेकको साथमा लिएर आउन सक्ने खबर छ ।

मार्च २०१८ मा उनको नयाँ शो ‘फेमिली टाइम विथ कपिल शर्मा’ शुरु भएको थियो तर तीन एपिसोड पनि नसकिँदै त्यो बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu