जितुलाई ‘प्रबल जनसेवा श्री’ पदक



चर्चित हास्यकलाकार जितु नेपाल (मुन्द्रे) ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदक प्रदान गरी विभुषित गरिन् ।

सम्मानित भएपछि जितुले फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो नाम सिफारिस गर्नेदेखि परिवार/शुभचिन्तक सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनलाई अहिले सामाजिक सञ्जालमा बधाईको आहिरो लागेको छ ।


राष्ट्रको गौरव एवं नेपाली जनताको हितका अभिवृद्धिमा उल्लेखनीय योगदान गरेको भन्दै उनी विभूषित भएका हुन् । गणतन्त्र दिवसको अवसरमा गत वर्ष राष्ट्रपतिबाट मानपदवीहरूको घोषणा गरिएको थियो ।

जितु पछिल्लो समय ‘छक्का पञ्जा’ सिरिजमा आबद्ध छन् । यसमा उनी निर्माता र कलाकारको रुपमा छन् । उनी अभिनीत नयाँ चलचित्र ‘रामकहानी’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu