स्टाटस लेख्दा कलाकार देशभक्त खनाल पक्राउ



साइबर क्राइम आरोपमा बरिष्ठ कलाकार देशभक्त खनाललाई मंगलवार प्रहरीले पक्राउ परेको छ । फेसबुकमा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई लक्षित गर्दै उनले स्टाटस लेखेका थिए ।


अध्यक्ष बोगटीले आफ्नो चरित्र हत्या हुने गरि स्टाटस लेखेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा कलाकार खनाललाई प्रहरीले पक्राउ गरेको हो । अहिले उनलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

कलाकार खनालले फेसबुकमा लेखेका थिए, ‘कलाकार संघको रामकेशर बोगटी जग्गा दलाल मात्र होईन भू-माफिया र भयानक ठग पनि हो । यस्ता ठगहरू नेपाल चलचित्र कलाकार संघको अध्यक्ष जस्तो गरिमामय पदमा एक मिनेट पनि बस्न सुहाउँदैन ।’

अध्यक्ष बोगटीले फोनवार्तामा भने, ‘व्यक्तिगत कुरालाई लिएर उहाँले मेरो चरित्र हत्या गर्ने, सामाजिक प्रतिष्ठामा आँच आउने र नेपाल चलचित्र कलाकार संघमाथि समेत आघात हुने गरि स्टाटस लेख्नुभयो । म चुप लागेर बस्न सकिनँ र उजुरी दिएँ ।’

कलाकार संघले समेत विज्ञप्ती जारी गर्दै कलाकार खनालको फेसबुक स्टाटसप्रति आपत्ति जनाएको छ । विद्युतीय इलेक्टोनिक कारोबार ऐन २०६३, संसोधन २०७२ को दफा ४७ (१) बमोजिमको कसुरमा १ लाखसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुबै सजायको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu