अध्यक्ष बोगटीसँग माफी मागेपछि छुटे कलाकार देशभक्त खनाल



साइबर क्राइम आरोपमा पक्राउ परेको बरिष्ठ कलाकार देशभक्त खनाल रिहा भएका छन् । फेसबुकमा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई लक्षित गर्दै स्टाटस लेखेपछि उनलाई प्रहरीले मंगलवार पक्राउ गरेको थियो ।


बुधवार महानगरीय प्रहरी परिसर टेकुमा अध्यक्ष बोगटीसँग माफी मागेपछि साढे १ बजे उनी छुटेका हुन् । उप्रान्त कसैको चरित्र हत्या नगर्ने र फेसबुकमार्फत् माफी माग्ने कागजी सम्झौता पश्चात् प्रहरीले उनलाई छाडेको हो ।

कलाकार खनालले रिहा भए लगत्तै फेसबुकमा एक स्टाटस लेख्दै कलाकार संघका अध्यक्ष रामकेशर बोगटीसँग माफी मागेका छन् । आवेशमा आएर अनावश्यक शब्द लेखिन गएको भन्दै उनले क्षमा मागेका छन् ।

केही दिन अगाडि उनले अध्यक्ष बोगटी भू-माफिया र भयानक ठग भएको भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । उक्त स्टाटसले आफ्नो चरित्रहत्या भएको भन्दै अध्यक्ष बोगटीले उजुरी दिएपछि कलाकार खनाललाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu