छोरीलाई लिएर काठमाडौं आए गोविन्दा (फोटो र भिडियो)



आइतवार राजधानीमा हुने ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुनका लागि बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन् । उनी छोरीलाई साथ लिएर शनिवार दिउँसो १२ बजे त्रिभुवन विमानस्थलमा उर्लिएका हुन् ।

अवार्ड आयोजक प्रमुख दिनेश डिसीका अनुसार, अभिनेता गोविन्दाको नेपाल बसाई तीन दिनको हुनेछ । अवार्ड समारोहमा उनले बरिष्ठ चलचित्र निर्देशक किशोर रानालाई लाइफटाइम अचिभमेन्ट प्रदान गर्नेछन् ।


नेपाली भूमी टेकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीहरुलाई धन्यवाद दिए । उनले नेपाल बसाईको क्रममा पशुपतिको दर्शन गर्ने र चन्द्रागिरी हिल्स् पुग्ने बताए ।


सन् १९९० पछि उनी धेरै पटक नेपाल आइसकेका छन् । सन् २००९ मा काठमाडौं आएको बखत उनले भक्तपुरमा जग्गा किन्ने कुराले पनि ठूलो चर्चा पाएको थियो । अभिनेत्री मनीषा कोइरालाको विवाहमा सरिक हुन पनि उनी नेपाल आएका थिए ।


गोविन्दाकी श्रीमती सुनिता आहुजा नेपाली मुलकी हुन् । आफ्नो गज्जबको डान्स स्टाइल र कमेडीका माध्यमबाट दर्शकको मनमा राज गरेका उनले ‘इल्जाम’ बाट बलिउडमा डेब्यु गरेका थिए । ९० को दशकका उनी सुपरहिट अभिनेता हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu