सुर्य अवार्डमा पल र पूजा उत्कृष्ट



आइतवार साँझ जापानको टोकियो शहरमा भएको ‘सुर्य इन्टरनेशनल अवार्ड’ मा चलचित्र ‘म यस्तो गीत गाउँछु’ उत्कृष्ट ठहरिएको छ । दर्शकको भोटको आधारमा प्रदान गरिएको अवार्डमा यही चलचित्रबाट पल शाह र पूजा शर्मा उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित भए ।

उक्त चलचित्रबाट सुदर्शन थापाले उत्कृष्ट निर्देशकको अवार्ड हत्याएका छन् । ‘सुर्य अवार्ड’ १२ विधा र​ मास​ प​पुल​र​ ४ विधामा बाँडिएको थियो । सह-अभिनेतातर्फ फिल्म ‘ऐश्वर्य’ बाट प्रशान्त ताम्राकार र सह-अभिनेत्रीतर्फ बर्षा राउतले ‘छक्का पञ्जा २’ बाट बाजी मारिन् ।

मास​ प​पुल​र​ अवार्ड ‘कृ’ बाट अभिनेता अनमोल केसी र ‘ए मेरो हजुर २’ बाट अभिनेत्री साम्राज्ञी आरएल शाहले हात पारे । सुर्य अवार्ड ‘शत्रुगते’ बाट उत्कृष्ट निर्देशकको अवार्ड प्र​दिप​ भ​ट्ट​राईले हत्याउँदा उत्कृष्ट को अवार्ड ‘छक्का पञ्जा २’ को पोल्टामा गयो । अवार्ड समारोहमा बरिष्ठ हाँस्य​ अभिनेत्री ब​सुन्ध​रा भुषाल​लाई लाइफ​टाईम​ अचिभ​मेन्ट​ अवार्ड प्रदान गरिएको थियो ।


भुव​न​ केसीलाई सुर्य​ कलाकरिता सम्मान प्रदान गरिँदा सामिप्यराज तिमल्सिना ‘सुर्य​ च​ल​चित्र​ प​त्र​कारिता’ र श्रीधर पौडेल ‘फोटो प​त्र​कारिता पुरस्कार’ बाट पुरस्कृत र सम्मानित भएका थिए । पुरस्कृत पौडेललाई नगद १५ हजार प्रदान गरिएको थियो ।


अरु कस-कसले जिते अवार्ड ?

१. पपतर्फ : गायक कमल खत्री र गायिका ईन्दिरा जोशी
२. लोकतर्फ : गायक रामजी खाँड र गायिका सम्झना मगर
३. आधुनिक गायनतर्फ : गायक राजेश पायल राई र गायिका मेलिना राई

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu