सुनिलको ‘द गिफ्ट’ स्क्रिप्टले जित्यो तीन लाख



नेपाली चलचित्रको कथामा देखिँदै आएको कमजोरीलाई महसुस गर्दै ‘स्टोरी’ पक्षलाई बलियो तुल्याउन मनोज अधिकारीको टिमले आयोजना गरेको ‘स्किृप्ट राइटिङ प्रतियोगिता ३ को मंगलवार राजधानीमा एक कार्यक्रमका बीच विजेता घोषणा गरिएको छ ।

१ सय ५० स्क्रिप्ट प्रतियोगीतामा सहभागी भएपनि सुनिल गुरुङको स्किृप्ट ‘द गिफ्ट’ पुरस्कृत भएको छ । विजेता भएसँगै उनले तीन लाख पुरस्कारस्वरुप पाएका छन् । विजेता घोषणा भएपछि सुनिल भावुक भएका थिए ।

उनले आफूले जीवनकै सबैभन्दा ठूलो जीत हासिल गरेको बताए । द्वन्द्वकालको समयमा आर्मी बन्ने सपना बुनेको एक युवक र नर्स बन्ने लक्ष्य लिएकी एक युवतीको प्रेमकथा उनले स्क्रिप्टमा उतारेका छन् ।

१ सय ५० स्क्रिप्टबाट उत्कृष्ट ३० स्क्रिप्ट दोस्रो चरणका लागि छनौट गरिएको थियो । जसमध्ये टप तीनमा ‘द गिफ्ट’ सँगै रियाज नत्तकको ‘मी र म’ र विपिन भुजेलको ‘अल वान आउट’ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu