नील डेविड्सको सलूनमा पुगिन् विपना थापा



नया दिल्ली– अन्तर्राष्ट्रिय रुपमै परिचित हेयर स्टाइलिस्ट नील डेविड कटवालले शनिवार भारतको राजधानी नयाँ दिल्लीमा आफ्नो नयाँ नील डेविड हेयर एण्ड ब्यूटी सलून उद्घाटन गरेका छन् । दक्षिण दिल्लीको लाजपत नगर–२ मा सञ्चालनमा आएको उक्त सलूनमा नील डेविडले उपस्थित अतिथि, सञ्चारकर्मी तथा प्रसंसकहरुलाई कैंची र रेजरमा आफ्नो हातको पकड तथा कलात्मक शैलीबाट रोमाञ्चक गरिदिएका थिए ।

उक्त अवसरमा नील डेविडले विशेष रुपबाट तयार पारिएको हेयर स्टाइल सेसनमा नयाँ हेयर स्टाइल तथा ड्रेन्डहरुलाई प्रस्तुत गरे । उद्घाटन समारोहमा नील डेविडले प्रस्तुत गरेको विशेष कलाले धेरैलाई अचम्ममा पा¥यो, जहाँ उनले नेपाली अभिनेत्री विपना थापाको केशलाई आकर्षक स्वरुप प्रदान गरेका थिए । नयाँ दिल्लीमा नील डेविडको यो दोस्रो सलून हो । यसअघि दिल्लीको ग्रेटर कैलाशमा नीलको पहिलो सलून झण्डै तीन महिनादेखि सञ्चालनमा छ ।

नील डेविडको हेयर एण्ड ब्यूटी सलूनका शाखाहरु नेपालको काठमाडौंसहित विभिन्न शहरहरुमा विस्तार भैसकेको छ भने भारतमा पनि विभिन्न चार वटा राज्य तथा १० शहरहरुमा विभिन्न ५० शाखा सञ्चालनमा छन् । यसका साथै सलूनको शाखालाई अष्टे«लिया तथा लण्डनमा पनि चाँडै नै सञ्चालनमा ल्याइने उनले घोषणा गरिसकेका छन् ।

नयाँ दिल्लीको मुटुमा नयाँ हेयर एण्ड ब्यूटी सलून उद्घाटन समारोहलाई सम्बोधन गर्दै नील डेविडले भने– ‘यसप्रकारको नयाँ सलून खोल्ने हाम्रो उदेश्य भनेकै कुनै पनि इच्छुक व्यक्तिसम्म सजिलै हाम्रो पहुंच पु¥याउनु तथा उसको लुक बदल्नु नै हो । आफ्ना ग्राहकहरुलाई राम्ररी बुझ्नु र फेसनेवल देखिनका लागि सहयोग पु¥याउने हाम्रो मुख्य लक्ष्य हो । हामी परम्परागत शैलीको स्टाइलिङमात्र होइन विज्ञानमा आधारित स्टाइलिङ पनि प्रदान गर्छौं । हाम्रा यसअघिका सलूनहरु जस्तै यो सलून पनि गुणस्तरको दृष्टिकोणले उच्च सेवा प्रदान गर्दै ग्राहकहरुको एउटा ठुलो समुदायलको पहिलो गन्तब्य बन्ने छ भन्ने कुरामा आशावादी छु ।’

नील डेविड हेयर एण्ड ब्यूटी सलून पहिलो पटक सन् २००६ मा काठमाडौंमा सञ्चालनमा आएको थियो । सन् २०२२ सम्ममा यसका आउटलेटहरुको संख्या १ सय सम्म पु¥याइने लक्ष्य छ । नील डेविड अन्तर्रा्ष्ट्रिय स्तरमै सर्टिफाइड हेयर स्टाइलिस्ट तथा मेकअप कलाकार हुन् ।

दिल्ली, थाइल्याण्ड, सिंगापुर जस्ता देशमा रहेका विभिन्न एकेडेमीहरुमा आफ्नो प्रतिभा निखारिसकेका नील डेविड नेपालकै पहिलो अन्तर्रा्ष्ट्रिय हेयर स्टाइलिस्टको रुपमा चिनिन्छन् । नील डेविडले क्रिस्टिन ब्लंडेलसंग पनि प्रशिक्षण लिएका छन् जो ओस्कार अवार्ड विजेता हलिउड अभिनेत्री हुन् । उनले टोनी एण्ड गाय (लण्डन) बाट पनि प्रशिक्षण लिएका छन्, जसलाई क्रिएटिभ हेयरस्टाइलिङको प्रीमियर इन्स्टिच्युट मानिन्छ ।

यति मात्र होइन, नील डेविडले कैंची र रेजरमार्फत केश काट्ने कीर्तिमान समेत कायम गरेका छन् । उनले आँखा बन्द गरेर २५ मिनेटमा ५ वटा हेयर कट गरेका छन् । आजसम्म २ सय भन्दा धेरै हेयर सेमिनार तथा फेसन शोको आयोजना गर्ने अनुभवसंगै नील डेविड आफ्नो पेशागत नैतिकताका लागि पनि प्रसिद्ध छन् । खासगरी फेसन तथा क्रिएटिभ हेयर डिजाइनिङको क्षेत्रमा आफ्ना ग्राहकहरुलाई आफ्नो अनौठो शैलीबाट सन्तुष्ठ पार्न उनी सिपालु छन् । यसका साथै मेकअप तथा केशको स्टाइलिङ नील डेविडको विशेषता रहँदै आएको छ ।

दिल्लीको उद्घाटन समारोहमा नील डेविडको भनाइ थियो– ‘यो एउटा सफल बिजनेस मोडल हो, जुन हाम्रो मास्टर फ्रान्चाइजबाट सकारात्मक प्रतिक्रियासंग तिब्र गतिमा बिस्तार भैरहेको छ । भारतमा हाम्रो मास्टर फ्रान्चाइजी शिवमाया कम्पनिले लिएको छ ।’ नील डेविडका अनुसार शिवमाया कम्पनिले नै भारतका विभिन्न शहरहरुमा उनको सलूनका आउटलेटहहरु विस्तार गर्ने जिम्मा लिएको छ ।

नील डेविड र शिवमायाले सन् २०२२ को अन्त्यसम्ममा एक सय आउटलेटको आंकडा पुरा गर्ने लक्ष्य लिएका छन् । यसका साथै भारतकै उत्तर प्रदेशका लागि भेनस ईन्टरनेशनलले मास्टर फ्रेन्चाइजी लिएको नील डेविडले बताएका छन् ।

‘आगामी २ वर्ष भित्रमा भारतमा समेत हाम्रो नील डेविड्स ब्राण्डलाई स्थापित गराउने लक्ष्य लिएका छौं, उद्घाटन समारोहको अन्त्यमा नीलले भने–‘भारतको राजधानी दिल्लीबाट पाएको मायाले हामी थप उत्साति भएका छौं ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu