दीपाश्री र दीपकराजले काटे नील डेविड्स सलूनको रिबन



अन्तर्राष्ट्रि«य रुपमा स्थापित नेपाली हेयर स्टाइलिस्ट नील डेविड कटवालको नयाँ सलून काठमाडौंको सिटी सेन्टरमा पनि सञ्चालनमा आएको छ । घटस्थापनामा रिलिज हुने ‘छक्का पञ्जा–३’ चलचित्रको प्रमोसनमा सक्रिय रहेका अभिनेता दीपकराज गिरी, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला तथा हेयरस्टाइलिष्ट नील डेविड कटवालले संयुक्त रुपमा सलूनको रिबन काटेका हुन् ।

नेपाल तथा भारतमा स्थापित भैसकेका हेयर स्टाइलिस्ट कटवालको यो ५४ औं सलून हो । सिटी सेन्टरको सलूनलाई युवा उद्यमी आकाश तामाङले सञ्चालनमा ल्यँएका हुन् । सूलनको रिबन काट्दै अभिनेता दीपकराज गिरीले नाम ‘नील’ अर्थात भएपनि कटवालले हेयर स्टाइलको क्षेत्रमा दर्जनौं गोल गर्न सफल भएको प्रतिक्रिया दिए ।

निर्देश्ँक तथा अभिनेत्री दीपाश्री निरौलाले पनि नील डेविडलाई शुभकामना दिँदै व्यक्तिलाई सुन्दर देखाउने कलालाई स्वदेशदेखि विदेशसम्म फैलाउन सफल भएकोमा बधाइ दिइन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै हेयर स्टाइलिस्ट कटवालले नेपालीको मायाकै कारण आफू स्वदेशमा मात्र होइन विदेशमा समेत सक्रिय हुन सफल भएकोमा सबैलाई धन्यवाद दिए ।

सिटी सेन्टरको तेस्रो तल्लामा सञ्चालनमा आएको नील डेविड्स ईन्टरनेशनल यूनिसेक्स सलूनमा अत्याधुनिक प्रविधियुक्त उपकरण, गुणस्तरीय कस्मेटिक तथा प्रशिक्षित हेयर स्टाइलिस्टहरुले सेवा प्रदान गर्ने सञ्चालक आकाश तामाङले बताए ।

सिटी सेन्टरमा सञ्चालनमा आएको नयाँ सलूनको बारेमा आफ्नो धारणा व्यक्त गर्दै हेयर स्टाइलिस्ट कटवालले काठमाडौंका युवा–युवतीदेखि हरेक उमेरका व्यक्तिको आकर्षक गन्तब्य रहेको कमलपोखरीस्थित सिटी सेन्टरमा खुलेको आफ्नो सलूनमा केश सज्जा सम्बन्धि सम्पूर्ण सुविधाहरु दिने बताए ।

‘युवा–युवतीको लूक्स परिवर्तन गर्ने, उनीहरुलाई स्टाइलिस्ट तथा आकर्षक बनाउने हाम्रो एक मात्र उदेश्य हो, नील डेविड भन्छन्–‘आफ्ना ग्राहकहरुलाई राम्ररी बुझ्नु र फेसनेवल देखिनका लागि सहयोग पु¥याउनु हाम्रो मुख्य लक्ष्य हो ।’

नील डेविडको हेयर एण्ड ब्यूटी सलूनका शाखाहरु नेपालको काठमाडौंसहित विभिन्न शहरहरुमा विस्तार भैसकेको छ भने भारतमा पनि विभिन्न चार वटा राज्य तथा १० शहरहरुमा विभिन्न ५० शाखा सञ्चालनमा छन् । यसका साथै सलूनको शाखालाई अष्टे«लिया तथा लण्डनमा पनि चाँडै नै सञ्चालनमा ल्याइने नील डेविडले यसअघि नै घोषणा गरिसक्नु भएको छ ।

‘आगामी २ वर्ष भित्रमा नेपाल तथा भारतमा समेत हाम्रो नील डेविड्स ब्राण्डलाई स्थापित गराउने लक्ष्य लिएका छौं, उद्घाटन समारोहलाई सम्बोधन गर्दै नील डेविडले भन्नु भयो–‘भारतको राजधानी दिल्लीबाट पाएको मायाले उत्साहित हुँदै आज काठमाडौं आएको छु, आशा छ मैले मेरो आफ्नै देशबाट अझ धेरै माया र प्रेरणा पाउने छु ।’

भारतको नयाँ दिल्लीमा नील डेविड ब्राण्डलाई शिवमाया कम्पनि तथा उत्तर प्रदेशका लागि भिनस इन्टरनेशनलले मास्टर फ्रान्चाइजिज साइन गरिसकेका छन् । निकट भविष्य नै नील डेविड सलून दिल्ली नजिकैको नोयडामा पनि सञ्चालन हुने तयारी भैरहेको छ भने भारत र भुटानको सीमा क्षेत्र जय गाउँमा पनि स्थापना हुँदैछ ।

यसका साथै नेपालकै बिर्तामोड, इटहरी, भैरहवा तथा नेपालगञ्जमा पनि नील डेविड सलून सञ्चालनमा आउने हेयरस्टाइलिस्ट कटवालले स्पष्ट पार्नु भएको छ । कटवाल भन्नु हुन्छ–‘निकट भविष्यमै नेपाल तथा भारतमा हाम्रो सलूनहरुको संख्या एक सय पु¥याउने लक्ष्य छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu