‘गोर्खाज् डटर्स इन इजरायल’को प्रोमो सार्वजनिक | भिडियो



gorkhas-daughter-promo
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेचुरल मुवि मेकर्सले तयार पारेको ‘गोर्खाज् डटर्स इन इजरायल’को प्रोमो सार्वजनिक भएको छ। शुक्रवार ठुलोपर्दा डटकमबाट सार्वजनिक प्रोमो एक मिनेट लामो छ।

वैदेशिक रोजगारीको लागि इजरायलमा रहेका नेपाली महिलाहरुको कथामा आधारित चलचित्र ‘गोर्खाज् डटर्स इन इजरायल’ जनवरी १० मा इजरायलको तेल अविवको सिनेम्याट्रिक हलमा शो हुँदैछ। सो चलचित्र आणविक शक्तीको होडबाजीले युद्ध तिर लम्कीरहेको विश्वलाई माया, ममता र स्नेहले पनि संसार जित्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिरहेका नेपाली नारीको विरता साहस र योगदानको गाथा बोकेको चलचित्र भएको बताईएको छ।

इजरायल प्रदर्शनबाट संकलित रकमको केहि प्रतिशत रकम समाजसेवामा खर्चिने बताईएको छ। ‘काठमाण्डौ बाल विकास समाज’का बालबालिकालाई जाडोको लागि आवश्यक पर्ने लत्ताकपडा खरिद गरिनेछ।

प्रकाश थापा र सुर्य सिम्खडा निर्माता नेहा गुरुङ् सह-निर्माता रहेको सो चलचित्रलाई राजु भण्डारीले निर्देशन गरेका छन्। रत्न कार्की छायाकार हुन् भने लक्ष्मी अधिकारी, सुनिता राई, नितु खतिवडा, निलम गिरी, मोहन श्रेष्ठ, लिला लिम्बु, मुना बस्नेत, स्वस्तिका श्रेष्ठ, रश्मी घिमिरे आदि कलाकारहरुको अभिनय रहेको छ।

Watch the promo here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu