निरुताले यसकारण छाडिन् ‘लभ स्टेशन’



उज्जवल घिमिरेको निर्देशन रहने चलचित्र ‘लभ स्टेशन’ बाट अभिनेत्री निरुता सिंह बाहिरिएकी हुन् । यो चलचित्रमा दर्पण छाँया जोडी अर्थात् निरुता र उत्तम प्रधानको अभिनय रहने खबर थियो । हाल चलचित्रको दार्जिलिङमा छायांकन भइरहेको छ ।

पिता विरामी भएका कारण निरुताले चलचित्र गर्न नसकेकी हुन् । उनले रहर भएर पनि चलचित्रगर्न नपाएकोमा दुःख पोखेकी छन् । यो चलचित्रमा युवा स्टार प्रदप खड्का र जसिता गुरुङ लिड रोलमा छन् । यसका निर्माता गोविन्द शाही हुन् ।


आलोक शुक्लाको छायांकन रहने चलचित्रमा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहनेछ । ‘लभ स्टेशन’ मा श्रद्धा क्षेत्री, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहनेछ ।

‘नाईं नभन्नू ल ५’ बाट अभिनयमा कमब्याक गरेकी अभिनेत्री निरुता सिंहको अहिले चरित्र अभिनेत्रीमा चर्को डिमान्ड छ । चाँडै उनी महसंचारको चलचित्र ‘दाल भात तरकारी’ का लागि नेपाल ओर्लिदैछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu