‘ट्वान्टी फर्स्ट लभ’ को मुहूर्तसँगै छायांकन सुरु



एशिएन म्युजिक प्रोडक्सनको प्रस्तुतिमा वेब सिरिज ‘ट्वान्टी फर्स्ट लभ’ को दोश्रो सिजनको शुभ मुहर्तसँगै छायांकन सुरु भएको छ । मंगलबार बिहान कमलादी गणेस्थानमा पुजा गर्दै शुभमुहर्त गरिएको हो । ‘ट्वान्टी फर्स्ट लभ’ सिरिजको काठमाडौँ वरपर छायांकन गरिनेछ।

एक्काइस भाग निर्माण गरेर पहिलो सिजन सकिएको थियो । अब दोस्रो सिजन पनि २१ भागको नै रहने निर्माता इश्वर गुरुङले बताए । माया प्रेमको कथा नै समेटिने सिरिजमा पहिलो सिजनभन्दा दोश्रो सिजन अझै उत्कृष्ट बनाउने निर्माण टिमको तयारी रहेको छ ।

पहिलो सिजनलाई दर्शकले राम्रो साथ दिएका थिए र सिरिजले राम्रो प्रतिक्रिया पनि पाएको थियो । भिवोर पोखरेलले निर्देशन गर्ने सिरिजको कथा पनि उनले नै लेखेका हुन् । सिरिजको निर्माता इश्वर गुरुङ हुन् भने सह निर्माता खगेन्द्र श्रेष्ठ र दिपेन्द्र तामाङ रहेका छन् । मिलन शंकरले छायांकन गर्ने सिरिजलाई सुप्रिम परजुलीले सम्पादन र कलर संयोजन गर्नेछन् ।

सिरिजमा अनुष्का अधिकारी, संयोग गुरागाईं, रिजन थापा, स्नेहा अधिकारी, कविता आले, स्मृति श्रेष्ठ, फिरोज बस्नेत, कौशल नेपाल, राज राथोड, कमल अधिकारीको मुख्य अभिनय रहनेछ । जीवन अधिकारीको मुख्य सहायक निर्देशन, पुजा शाहीको मेक अप रहनेछ । सिरिजलाई टेलिभिजन च्यानल, आइ फ्लिक्स र युट्युबमार्फत् रिलिज गरिने निर्माता गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu