‘मितज्यू’को तयारी, कलाकार वर्कसपमा व्यस्त



काठमाडौं – गत वर्षको सफल नेपाली चलचित्र ‘घरज्वाइँ’का निर्देशक अनिल बुढा मगरले आफ्नो दोस्रो प्रस्तुति ‘मितज्यू’को छायाङ्कन पूर्वको तयारीलाई तीव्रता दिएका छन्। निर्माण टोलीले शनिवारदेखि कलाकारहरूको विशेष कार्यशाला सुरु गरेको छ। निर्माता कम्पनी जिएम मुभिजको कार्यालयमा भइरहेको यो कार्यशालामा तेरिया फौजा मगर, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछाने लगायतका कलाकारहरूले आफ्नो चरित्र निर्माणका लागि समय दिइरहेका छन्।

निर्देशक मगरले कलाकारहरूलाई आफ्नो भूमिकामा पूर्ण रूपमा घुलमिल हुन सहज होस् भन्ने हेतुले वर्कसप सञ्चालन गरिएको जानकारी दिएका छन्। यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, शिशिर वाङ्देल, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना राना मगर, अनुशा राई र खड्क बहादुर पुन मगर (खबपु) जस्ता नाम चलेका कलाकारहरूको अभिनय देख्न पाइनेछ।

माघको पहिलो सातादेखि रोल्पाका विभिन्न स्थानहरूमा छायाङ्कन सुरु गरिने यो चलचित्र आगामी जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसर पारेर देशभरका हलमा प्रदर्शन हुने घोषणा भइसकेको छ। चलचित्रका निर्माता जनक घर्ती मगर हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu