प्रदर्शनरत ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत सार्वजनिक



काठमाडौं – गएको शुक्रवार अर्थात् पौष ४ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शन भइरहेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ले दर्शकबाट सकारात्मक साथ पाइरहेको छ। निर्माण पक्षले चलचित्रको प्रचारलाई थप प्रभावकारी बनाउन आइतबार नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको छ। यसमा हेमन्त रानाको सुमधुर स्वर रहेको यस गीतमा गणेश कार्कीका शब्द र मनोज थापा मगरको सङ्गीत संयोजन रहेको छ। भिडियोमा मुख्य कलाकारहरू विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवालको अभिनय छ।

चलचित्र प्रदर्शनको सुरुवाती दिनदेखि नै निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ र कलाकारहरू गणेश उप्रेती, दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा, प्रियाना आचार्य, लेखक गणेश कार्की लगायतको टोलीले हलमा पुगेर प्रत्यक्ष प्रतिक्रिया लिइरहँदा दर्शकहरूले सिनेमाले वर्तमान नेपालको यथार्थ परिवेशलाई दुरुस्त उतारेको भन्दै प्रशंसा गरिरहेका छन्।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, महानगर प्रहरी प्रमुख राजु पाण्डे र सुदन गुरुङ जस्ता व्यक्तित्वहरूले सिनेमा हेरेर यसको प्रशंसा गरेका छन्।

नागराज इन्टरटेनमेन्टको ब्यानरमा अनिशा सेन्दाङ लिम्बूद्वारा निर्मित यो चलचित्रले देशको राजनीतिक अस्थिरता र त्यसले जनजीवनमा पारेको गहिरो प्रभावलाई कथाको आधार बनाएको छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu