आदित्यले भने, ‘म नेपाल आउँदैछु’



केही वर्ष अगाडी पोखरामा कन्सर्टका लागि आएका बलिउड गायक आदित्य नारायण झा काठमाण्डौका संगीत प्रेमीमाझ गुन्जिने भएका छन् । जुलाईको ६ तारिख अर्थात् आउँदो असार २१ गते आदित्य राजधानीको ठमेलस्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुनेछन ।

‘आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले आफ्ना तथा बलिउडसँगै नेपालको हिट गीतलाई प्रस्तुत गर्नेछन् । गायकसँगै एक्टर समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाको छोरा हुन् । ‘सारेगमपा’, ‘एक्स फ्याक्टर’ र ‘खतरा खतरा खतरा’ जस्ता शो होस्ट गरेर चर्चामा समेत आएका आदित्यले नेपाली गीतसंगीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए ।

रंगीला फिल्ममार्फत् अभिनय सुरु गरेका आदित्यले ‘परदेश’ र ‘जब प्यार किसिसे होता है’ मा पनि बाल कलाकारको रुपमा काम गरिसकेका छन् । भने, उनले एक्टरको रुपमा ‘शापित’ मार्फत डेब्यु गरेका थिए । केही दिन अगाडि आदित्य नेपाल आउने चर्चा भएता पनि डेट फाइनल भएको थिएन् । उनले आफैले भिडियो सम्बोधन मार्फत जुलाई ६ मा आउने बताएका छन् ।

‘म आदित्य नारायण भिजिट नेपाल २०२० अन्तर्गत नै नेपाल आउँदैछु’, भिडियोमा उनले सम्बोधन गरेका छन् । उनले नेपालसँग आफुले समय विताउनेमा विश्वस्त रहेको जनाउदै सबैलाई कार्यक्रममा निम्तो समेत गरेका छन् । आदित्य जुलाई ६ मा नै नेपाल आउनेछन् । उनि, नेपाल आएसँगै पत्रकार सम्मेलनमा सहभागी भएर बेलुकीको तयारीमा जुट्ने समेत आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu