ह्योल्मो भाषाको ‘मेतोक’ ट्रेलर सार्वजनिक (भिडियो)



ह्योल्मो भाषामा निर्माण भएको चलचित्र ‘मेतोक’ को ट्रेलर सार्वजनिक भएको छ । अल्पसंख्य समुदाय ह्योल्मो जातिको भाषा र कथामा बनाइएको चलचत्रको ट्रेलर आकर्षक छ । ट्रेलरमा मेकिङ क्वालिटी उच्च देखिएको छ । नेपाली भाषाको चलचित्रझैँ यसमा कम तामझाम देखिन्न ।

ठिलेन इन्टरटेनमेन्टको प्रस्तुती तथा ठिलेन लामाको निर्देशनमा बनेको चलचित्रको सम्पूर्ण छायांकन पूरा भइसकेको छ । हाल यो चलचित्र सम्पाददन टेवलमा छ । फिल्मले केह हदसम्म भए पनि ह्योल्मो भाषा र सांस्कृतिको जगेर्ना गर्ने निर्देशक लामाले बताएका छन् ।

बिना सम्झौता चलचित्र निर्माण गरेको निर्मात्री सर्किनी ज्याबा ह्योल्मोको भनाई छ । निर्देशक लामाको कथा र आगत के.सीको पटकथा तथा संवाद रहेको चलचित्रले एक युवक र युवतीको प्रेमकथा वाचन गर्ने ट्रेलरबाट अनुमान गर्न सकिन्छ । चलचित्र ६० लाखमा बनेको बताइएको छ ।

ठिलेन लामा, ओमु निमा डोल्मा लामा, दावा दोर्जे लामा, डोमा ह्योल्मो, छेम्बेल ह्योल्मो, भिम ज्याबा, कान्छीमाया ह्योल्मोलगायतको चलचित्रमा अभिनय छ । दावा डी. ह्योल्मोको संगीत रहेको चलचित्रको सन्देश शाहले सम्पादन गरिरहेका छन् । राम कुमार के.सी. ले चलचित्र खिचेका हुन् ।

ट्रेलर हेर्नूस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu