जितु नेपाल निर्मित तथा अभिनीत चलचित्र ‘आई. एम. जीतबहादुर’को टिजर सार्वजनिक



काठमाडौं – नेपाली हास्यव्यङ्ग्य तथा चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता जितु नेपालले पहिलो पटक निर्माणमा हात हालेको चलचित्र ‘आई. एम. जीतबहादुर’को टिजर दर्शकमाझ ल्याइएको छ। कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस चलचित्रमार्फत जितुले अभिनयसँगै चलचित्र निर्माणको नयाँ यात्रामा पाइला टेकेका हुन्।

सार्वजनिक टिजरले कलाकार बन्ने ठुलो सपना बोकेर गाउँबाट सहर पसेको एक सामान्य युवाको जीवनमा आउने सङ्घर्ष र उतारचढावलाई निकै रोचक र मर्मस्पर्शी शैलीमा पस्किएको छ। भारतीय बङ्गाली मूलका निर्देशक सुभेन्दु घोषको निर्देशनमा तयार भएको यस चलचित्रमा अभिनेता जितु नेपाल स्वयं मुख्य पात्रको रूपमा देखिएका छन्। पर्दामा उनको जोडीको रूपमा चर्चित अभिनेत्री वर्षा राउत प्रस्तुत भएकी छन्। यसका साथै, चलचित्रमा प्रियङ्का कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल लगायतका परिचित कलाकर्मीहरूलाई विशेष भूमिकामा देख्न सकिनेछ।

चलचित्र निर्माणको यस नवीन यात्रामा जितुलाई निर्माताका रूपमा राजन सिम्खडा र दीपेन्द्र अधिकारीले साथ दिएका छन् भने कार्यकारी निर्माताको जिम्मेवारी निश्चल कुँवर र नीरज नेपालले सम्हालेका छन्। प्राविधिक पक्षमा समेत भारतीय कलाकर्मीको संलग्नता रहेको यस चलचित्रको दृश्य कैद गर्ने काम भारतीय छायाकार अरविन्दले गरेका हुन्। निर्माण पक्षका अनुसार, पोस्ट-प्रोडक्सनका कामहरूलाई तीव्रता दिँदै यस चलचित्रलाई आगामी वर्षको असार महिनाभित्रै प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ।

टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu