अभिनेता सुमन सिंहकी आमाको निधन



एक्सन भूमिकामा निकै रुचाइएका अभिनेता सुमन सिंहलाई मातृ शोक परेको छ । ६९ वर्षिय सिंहकी आमा विन्दुको सोमबार बिहान साढे ११ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । विगत डेढ वर्षदेखि ब्रेन स्ट्रोक बिरामी रहेकी उनकी आमा झन्डै दुई महिनादेखि ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचारार्थ थिइन् ।

सुमनकी आमालाई अन्तिम श्रद्धाञ्जलीका लागि २ बजे पशुपति आर्यघाटमा राखिँदैछ । साँझ ५ गते उनको हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिने बताइएको छ । निधन भएको औपचारिक जानकारी प्राप्त भएसँगै अहिले सामाजिक सञ्जालमा अभिनेता सिंहकी आमाप्रति फिल्मकर्मीले श्रद्धाञ्जली तथा परिवारप्रति सहानुभूति प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu