निर्माता गोविन्द शाही पक्राउ



नेपाली चलचित्रका वितरक तथा निर्माता गोविन्द शाहीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकुले उनलाई अपराधिक विश्वासघात तथा अपराधिक लाभको मुद्धामा बुधबार कमलपोखरीबाट पक्राउ गरेको हो । सोधपुछका लागि अहिले प्रहरीले उनलाई टेकुमा राखेको छ । उनी निर्मित पछिल्लो चलचित्र ‘लभ स्टेशन’ हो ।


निर्देशक तथा निर्माता मिलन चाम्स र निर्माता सुदीप खड्काले चलचित्र ‘लिलिबिली’ बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ (शेयर) नदिएको र नदेखाएको भन्दै करीब एक वर्ष अगाडि निर्माता शाहीविरुद्ध टेकुमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी यस चलचित्रका निर्मातासँगै वितरक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu