‘च च हुई’ गीत : मिरुनाको सिल्की बालले आर्यनलाई लोभ्यायो (भिडियो)



मंसिर ६ गतेबाट प्रदर्शनमा आउन लागेको साम्तेन भुटिया निर्देशित चलचित्र ‘च च हुई’ पहिलो गीत गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘सिल्की सिल्की बाल’ बोलको गीतमा चलचित्रका लिड अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगर प्रेमिल मुद्रामा प्रस्तुत छन् । कलाकार भोलाराज सापकोटालाई पनि गीतमा ठुम्का लगाएको देख्न सकिन्छ ।

राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतका संगीतकार राजनराज स्वयं हुन् । गीतको शब्द फिल्मका निर्माता अमृत घोले लामा, राजनराज सिवाकोटी र श्याम लामिछानेले लेखेका हुन् । सुशन प्रजापतिले खिचेको गीतका कोरियोग्राफर शिशिर खाती हुन् । गीतको अडियो सशक्त छ । सुशनले मुस्ताङ्ग चुसाङ्गको दृश्य कलात्मक ढंगले खिचेका छन् ।

यो चलचित्र एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको छ । निर्माता अमृत घोले लामा हुन् । व्यवसायी घोले यही फिल्ममार्फत् निर्माणमा आएका हुन् । आर्यन, मिरुना र भोलाराजसँगै यो चलचित्रमा पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ । चलचित्रको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । भने, सम्पादक निर्देशक स्वयं हुन् ।

चलचित्रका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । भने, श्री श्रेष्ठको द्वन्द्व छ । निर्देशक साम्तेनले यसपटक आफूले कमर्शियल चलचित्र बनाउने प्रयत्न गरेको बताए । उनले भने, ‘चलचित्र रोमान्टिक कमेडी हो । मैले निर्देशन गरेको पछिल्ला चलचित्रको तुलनामा यो पूरै फरक छ ।’ अभिनेता आर्यन र अभिनेत्री मिरुनाले चलचित्र राम्रो बनेको बताए ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu